म्याराडोनाको हराएको घडी भेटियो भारतमा

न्युयोर्क । फुटबल बादशाह डियगो म्याराडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ ।

करिव १३ हजार २ सय डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबईबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानाकारी दिएका छन् ।

‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ । दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् ।

आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे । कम्पनीमा केही दिन काम गरेपछि बाबु बिरामी भएको भन्दै ती व्यक्ति अगस्टमा आसाम फर्किएका थिए ।

घडी हराएपछि दु्बइ प्रहरीले आसाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । उनी बसेको घरबाट घडी पनि भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री