लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) ले बेलायतमा कार्यरत चार नेपाली पत्रकारलाई सम्मान गरेको छ ।
बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो।
बिएनसिसीको सम्मान प्राप्त गर्नेहरुमा पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष शिव भण्डारी र निवर्तमान सचिव डा जगन कार्की छन् ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र बिएनसिसी अध्यक्ष डा कपिल रिजालले सम्मानपत्रसहित सम्मान गरेका थिए ।
बेलायतमा रहेर मिडियाको क्षेत्रबाट नेपाल र नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै पत्रकारहरुलाई यो सम्मान गरिएको हो ।
सम्मानित पत्रकारहरुमध्ये अर्याल अन्नपूर्ण पोस्टका बेलायत संवाददाता तथा बेलायतबाट सञ्चालित नेपाली लिंकका सम्पादक हुन् । त्यस्तै, पत्रकार पोखरेल विगत डेढ दशकदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेर बेलायतबाट सक्रिय छन् । उनी नेपाली लिंक अनलाइनका प्रधान सम्पादक पनि हुन् ।
त्यसैगरी पत्रकार भण्डारी लन्डनबाट सञ्चालित लन्डननेपालन्यूजका प्रधान सम्पादक हुन् भने डा कार्की ग्लोबलनेप्लिज डटकम र साउथ एशिया टाइम अनलाइनसँग आबद्ध छन् ।
सोही अवसरमा बिएनसिसीले बेलायतमा नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा योगदान गरेबापत तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, चर्चित गायक तथा डिजे सपनकुमार राई र बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठलाई सम्मान गरेको छ ।
त्यसैगरी, बीसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय अभियन्ता नवीन गुरुङ, पासापुच यूकेका अध्यक्ष ओजेश सिंह र फोटोग्राफर/ डिजाइनर सुमन श्रेष्ठलाई पनि बिएनसिसीका तर्फबाट सम्मान गरिएको थियो ।
बिएनसिसी अध्यक्ष डा कपिल रिजालले अध्यक्षता र उपाध्यक्ष विराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बेलायती सांसद जेन हन्टसहित बेलायती तथा नेपाली बिजनेस कम्युनिटीका थुप्रै हस्तीहरुको उपस्थिति थियो ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा