लण्डन । संखुवासभा समाज युकेको अध्यक्षमा उत्तर सुन्दास निर्वाचित भएका छन् ।
समाजको शनिबार बेलायतमा सम्पन्न आठौं अधिवेशनले उनको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।
समितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष श्रीमती हेमकला गुरूङ राना, उपाध्यक्ष टेक कुलुङ, उपाध्यक्ष उत्तरबहादुर मगर, उपाध्यक्ष प्रकाश रावत, महासचिव कमल गुरूङ, उपमहासचिव रमेश राई, सचिव सोम श्रेष्ठ, कोषाध्यक्ष अमर राई, उप कोषाध्यक्ष लोकबहादुर (अजम्बर) घले र सह कोषाध्यक्ष श्रीमती राधा घले रहेका छन् । यसैगरी खाद्य पदार्थ सहप्रबन्धक सन्गेन राई, महिला संयोजक श्रीमती मिना रावत, कला साँस्कृतिक तथा मनोरञ्जन संयोजक प्रशान्त घले, युवा संयोजक सन्देस राना, युवा सहसंयोजक नयन गुरूङ, प्रमुख फोटोग्राफर बाबुराम गुरूङ, क्षेत्रीय संयोजक अल्डरसट श्रीमती शान्त माया गुरूङ चयन भएका छन् ।
समाजका अध्यक्ष नंनसिंह गुरुङको अध्यक्षता तथा अधिवेशनमा उपस्थित ज्येष्ठ नागरिक बुद्धिमान राईको प्रमुख आतिथ्य र हङकङबाट पाल्नु भएका संखुवासभा समाज हङकङका वर्तमान सदस्य श्रीमती रुक्मिणी सोम्याहाङग लावतीको आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा सातौं कार्यसमितिको प्रतिवेदन तथा कार्यकालको समीक्षापश्चात संरक्षक विजय लिङथेपले सातौं कार्यसमितिलाई दुई वर्षे कार्यकाल सफलताको साथ पूरा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । त्यसपश्चात सातौं कार्यसमिति विघटन भएको घोषणा गरी नयाँ कार्यसमिति चयनको लागी निर्वाचन समितिलाई जिम्मा दिइएको थियो ।
निर्वाचन समितिमा संयोजक प्रमख सल्लाहकार श्रीमती बसुन्धरा याक्खा राई, निर्वाचन सचिव सल्लाहकार टीका लोहोरूङ राई र सदस्यमा सल्लाहकार नरबहादुर तामाङ थिए । कार्यसमितिका सम्पूर्ण पदहरूमा निर्विरोध निर्वाचित भएको जानकारी निर्वाचन सचिव टीका लोहोरूङ राईले घोषणा गरेका थिए ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा