लण्डन । संखुवासभा समाज युकेको अध्यक्षमा उत्तर सुन्दास निर्वाचित भएका छन् ।
समाजको शनिबार बेलायतमा सम्पन्न आठौं अधिवेशनले उनको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।
समितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष श्रीमती हेमकला गुरूङ राना, उपाध्यक्ष टेक कुलुङ, उपाध्यक्ष उत्तरबहादुर मगर, उपाध्यक्ष प्रकाश रावत, महासचिव कमल गुरूङ, उपमहासचिव रमेश राई, सचिव सोम श्रेष्ठ, कोषाध्यक्ष अमर राई, उप कोषाध्यक्ष लोकबहादुर (अजम्बर) घले र सह कोषाध्यक्ष श्रीमती राधा घले रहेका छन् । यसैगरी खाद्य पदार्थ सहप्रबन्धक सन्गेन राई, महिला संयोजक श्रीमती मिना रावत, कला साँस्कृतिक तथा मनोरञ्जन संयोजक प्रशान्त घले, युवा संयोजक सन्देस राना, युवा सहसंयोजक नयन गुरूङ, प्रमुख फोटोग्राफर बाबुराम गुरूङ, क्षेत्रीय संयोजक अल्डरसट श्रीमती शान्त माया गुरूङ चयन भएका छन् ।
समाजका अध्यक्ष नंनसिंह गुरुङको अध्यक्षता तथा अधिवेशनमा उपस्थित ज्येष्ठ नागरिक बुद्धिमान राईको प्रमुख आतिथ्य र हङकङबाट पाल्नु भएका संखुवासभा समाज हङकङका वर्तमान सदस्य श्रीमती रुक्मिणी सोम्याहाङग लावतीको आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा सातौं कार्यसमितिको प्रतिवेदन तथा कार्यकालको समीक्षापश्चात संरक्षक विजय लिङथेपले सातौं कार्यसमितिलाई दुई वर्षे कार्यकाल सफलताको साथ पूरा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । त्यसपश्चात सातौं कार्यसमिति विघटन भएको घोषणा गरी नयाँ कार्यसमिति चयनको लागी निर्वाचन समितिलाई जिम्मा दिइएको थियो ।
निर्वाचन समितिमा संयोजक प्रमख सल्लाहकार श्रीमती बसुन्धरा याक्खा राई, निर्वाचन सचिव सल्लाहकार टीका लोहोरूङ राई र सदस्यमा सल्लाहकार नरबहादुर तामाङ थिए । कार्यसमितिका सम्पूर्ण पदहरूमा निर्विरोध निर्वाचित भएको जानकारी निर्वाचन सचिव टीका लोहोरूङ राईले घोषणा गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’