लण्डन । गोरखा भूतपूर्व सैनिकहरुलाई समान पेन्सन दिन माग गर्दै बेलायती संसदमा सर्वसाधारणले बुझाएको हस्ताक्षरमाथि सोमबार बहस हुने भएको छ ।
साँझ ६ बजे हुने सो बहसमा हस्ताक्षर समितिका सदस्य सांसद जोनाथन जुलिसले बहसको आरम्भ गर्नेछन् र त्यसपछि सबै पार्टीका सांसदहरुले बहसमा आफ्ना धारणा राख्नेछन् ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले दिन पर्नेछ ।
सो बहस प्रत्यक्ष रुपमा हेर्न भने सो हस्ताक्षर अभियानका शुरुवातकर्ता रोय बिङ्कलेले मात्र पाउनेछन् तर घरमै बसेर पार्लियामेण्ट टिभीबाट लाइभ पनि हेर्न सकिने छ ।
गत जुलाईमा बिङ्कलेले गोरखाहरुलाई ब्रिटिश समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए । छोटो समयमै सो अभियानमा १ लाख ६ हजारले समर्थन जनाएका थिए ।
बेलायतमा निश्चित संख्यामा सर्वसाधारणले हस्ताक्षर संकलन गरेपछि संसद र सरकारले जवाफ दिनपर्ने प्रावधान छ ।
सरकारले सो हस्ताक्षर अभियानको प्रतिक्रिया दिँदै अगष्ट १९ मा गोरखाहरुलाई भेदभाव नगरिएको जिकिर गरेको थियो ।
उता गोरखाहरुले बेलायती संसदमा बहस भइरहँदा संसद भवन बाहिर प्रदर्शन गर्ने भएका छन् । पार्लियामेण्ट स्क्वाएरमा सो दिन बेलुका ५ बजे उपस्थितिका लागि गोरखा सत्याग्रहले अनुरोध गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी