लण्डन । गोरखा भूतपूर्व सैनिकहरुलाई समान पेन्सन दिन माग गर्दै बेलायती संसदमा सर्वसाधारणले बुझाएको हस्ताक्षरमाथि सोमबार बहस हुने भएको छ ।
साँझ ६ बजे हुने सो बहसमा हस्ताक्षर समितिका सदस्य सांसद जोनाथन जुलिसले बहसको आरम्भ गर्नेछन् र त्यसपछि सबै पार्टीका सांसदहरुले बहसमा आफ्ना धारणा राख्नेछन् ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले दिन पर्नेछ ।
सो बहस प्रत्यक्ष रुपमा हेर्न भने सो हस्ताक्षर अभियानका शुरुवातकर्ता रोय बिङ्कलेले मात्र पाउनेछन् तर घरमै बसेर पार्लियामेण्ट टिभीबाट लाइभ पनि हेर्न सकिने छ ।
गत जुलाईमा बिङ्कलेले गोरखाहरुलाई ब्रिटिश समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए । छोटो समयमै सो अभियानमा १ लाख ६ हजारले समर्थन जनाएका थिए ।
बेलायतमा निश्चित संख्यामा सर्वसाधारणले हस्ताक्षर संकलन गरेपछि संसद र सरकारले जवाफ दिनपर्ने प्रावधान छ ।
सरकारले सो हस्ताक्षर अभियानको प्रतिक्रिया दिँदै अगष्ट १९ मा गोरखाहरुलाई भेदभाव नगरिएको जिकिर गरेको थियो ।
उता गोरखाहरुले बेलायती संसदमा बहस भइरहँदा संसद भवन बाहिर प्रदर्शन गर्ने भएका छन् । पार्लियामेण्ट स्क्वाएरमा सो दिन बेलुका ५ बजे उपस्थितिका लागि गोरखा सत्याग्रहले अनुरोध गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’