आर्मेनिया र अजरबैजानबीचको युद्धको अन्त्य

यरेभान ।आर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको आर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ ।

रुसको मध्यस्ततामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौताअनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो ।

आर्मेनीयाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्धविराम सम्झौता भई युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ ।

पछिल्लो भीडन्तका क्रममा आर्मेनियाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् ।

घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र आर्मोनियाका उच्च अधिकारीले सहमति जनाएका हुन् ।

सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । सो विवाद बेला बेलामा साम्य हुँदै बल्झिदै आउने गरेको छ । द्वन्द्वका कारण धेरै धनजनको क्षति पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री