
काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उहाँको भनाइ छ ।
टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यू तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।
क्र.सं. क्षेत्र वायुसेवा
१ काठमाडौँ–बैंकक–सोल नेपाल एयरलाइन्स–थाइ एयरवेज
२ काठमाडौँ–बैंकक–सिड्नी नेपाल एयरलाइन्स–थाइ एयरवेज
३ काठमाडौँ–बैंकक–टोक्यो नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स
४ काठमाडौँ–दोहा–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज
५ काठमाडौँ–दुबई–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज
६ काठमाडौँ–दुबई–जुरिच नेपाल एयरलाइन्स–इमिरेट्स
७ काठमाडौँ–दुबई–लण्डन नेपाल एयरलाइन्स–इमिरेट्स
८ काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट नेपाल एयरलाइन्स–इमिरेट्स
९ काठमाडौँ–दुबई–पेरिस नेपाल एयरलाइन्स–इमिरेट्स
१० काठमाडौँ–दुबई–बहराइन नेपाल एयरलाइन्स–इमिरेट्स
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक