लण्डन ।युद्ध साहित्य पुरस्कार कोषले साहित्यकार केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई यस वर्षको युद्ध साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
यो पुरस्कार सन् २०२२ मा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने कोषले जनाएको छ । हरेक दुई/दुई वर्षमा पुरस्कार प्रदान गरिने यो पुरस्कारको राशी र ५० हजार रुपियाँ र ताम्रपत्र रहेको छ ।
दुई वर्ष भित्र प्रकाशित भएको युद्ध साहित्यको कृति वा युद्ध साहित्यको उन्नति, प्रगति, संक्षण र सम्बर्धनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति या संस्थालाई प्रदान गरिने कोषले जनाएको छ ।
युद्ध साहित्य पुरस्कार पाउने केदार संकेत पहिलो लेखक हुन् । उनका हालसम्म आफैँ जलेको देश (कविता संग्रह २०६४), एथेन्सको झरी (यात्रास्पर्श २०६७), पैयुँका फूलहरु (हाइकु संग्रह २०६८), संकेतका कविताहरू (कविता सग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०), ताँ गो तेकेरे नुङ (कोइँच भाषाको कविता संग्रह २०७३) र बुद्धल्यान्ड टु स्विजरल्यान्ड (यात्रास्पर्श २०७५) कृति प्रकाशित छन् ।
सांग्रिला पुस्तक प्रालlद्वारा प्रकाशित ‘अफगानी रणमैदान’ युद्ध उपन्यासमा संकेतले सैनिक पेशामा आवद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरूलाई पस्किएका छन् । अनेसास ठाकुरप्रसाद उत्कृष्ट कृति पुरस्कार (२०६८), जैमली साहित्य डायस्पोरा पुरस्कार (२०६९) लगायतका पुरस्कारद्वारा संकेत पुरस्कृत भइसकेका छन् । उनी ‘साहित्य सँगालो’वेभसाइडका प्रधान सम्पादक पनि हुन् ।
नेपाली युद्ध साहित्य सिद्धान्तको प्रतावना सन् २०११ मा पहिलो नेपाली युद्ध कविता संग्रह ‘युद्धमा हराएको प्रेम’ मार्फत गरिएको थियो । उक्त संग्रहमा नेपाली युद्ध साहित्यको परिभाषासहित युद्ध साहित्यबारे संक्षिप्त व्याख्या गरिएको छ । यसपछि सन् २०१४ मा ‘युद्ध साहित्य सिद्धान्त र सृजनाहरु’ प्रकाशित गरी युद्ध साहित्यको थप विवेचना, ब्याख्या र विमर्श गर्दै युद्ध साहित्य अभियानलाई अझ सशक्त बनाउदै ल्याएका छन् । ११ नोभेम्बर (रिमेम्बरेन्स डे अथवा पप्पी डे) को अवसर पारी युद्ध साहित्य सिद्धान्तका अभियन्तहरुले युद्ध साहित्य कोषको निर्माण गरी युद्ध साहित्य पुरस्कार प्रदान गर्ने र युद्ध साहित्यलाई अझ बिस्तार गरी लैजाने बताएका छन् । गोर्खाली लाहुरे अर्थात गोर्खाली सेनाका संघर्ष, वीरता, ईतिहास र विभिन्न अलिखित विषयहरुलाई लेखन मार्फत संर्वधन र संरक्षण गर्ने र समग्र युद्ध साहित्यलाई स्थापित गर्ने उद्देश्य रहेको गणेश राईले बताउनु भयो । यस अभियानका अभियान्तहरु गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छा हुन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’