काठमाडौँ । नेकपा एमालेको दशैभरको सात सय ५३ वटा पालिकाहरुमा मंगलबार एकसाथ अधिवेशन सुरु भएको छ ।
एमाले केन्द्रीय कार्यालयको वार रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको भर्चुअल माध्यममार्फत औपचारिक उद्घाटन गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले देशैभरका सबै पालिका र विशेष ईलाकाहरुको अधिवेशन उद्घाटन भएको उद्घोष गर्नुभएको हो ।
एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दैछ । जस अनुरुप यसअघि कात्तिक ६ गते एमालको छ हजारभन्दा बढी वडाहरुमा अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको देशैभरको वडा अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो ।
एमाले विधान अनुसार गाउँपालिका र नगरपालिका बढीमा ७५ सदस्यीय कमिटी गठन गरिने व्यवस्था छ ।
यसैगरी, उपमहानगरपालिकामा ८५ र महानगरमा १०१ सदस्यीय पार्टी कमिटी गठन हुने व्यवस्था छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की