काठमाडौँ । नेकपा एमालेको दशैभरको सात सय ५३ वटा पालिकाहरुमा मंगलबार एकसाथ अधिवेशन सुरु भएको छ ।
एमाले केन्द्रीय कार्यालयको वार रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको भर्चुअल माध्यममार्फत औपचारिक उद्घाटन गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले देशैभरका सबै पालिका र विशेष ईलाकाहरुको अधिवेशन उद्घाटन भएको उद्घोष गर्नुभएको हो ।
एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दैछ । जस अनुरुप यसअघि कात्तिक ६ गते एमालको छ हजारभन्दा बढी वडाहरुमा अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको देशैभरको वडा अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो ।
एमाले विधान अनुसार गाउँपालिका र नगरपालिका बढीमा ७५ सदस्यीय कमिटी गठन गरिने व्यवस्था छ ।
यसैगरी, उपमहानगरपालिकामा ८५ र महानगरमा १०१ सदस्यीय पार्टी कमिटी गठन हुने व्यवस्था छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त