काठमाडौँ । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताउनुभयो ।
उहाँले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई लगाइने जानकारी दिनुभयो । नियोगका नेपालस्थित निर्देशक केभान्साडले खोप नेपाललाई दिन पाएकामा खुसी व्यक्त गर्दै उहाँले नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप मात्रा प्राप्त गर्न सहज हुने बताउनुभयो ।
नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोप १२ वर्षभन्दा माथिका मुटु, मिर्गौला, दम जस्ता दीर्घ रोगीलाई दिइने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खोप छठपछि देशका विभिन्न २३ अस्पतालबाट ती दीर्घरोगीलाई दिइनेछ ।
खोपलाई अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको भण्डारणमा राखिएको छ । उक्त खोप ८० डिग्री सेल्सियसमा राख्ने भए पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो । सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर