सउल । दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको शहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ प्राप्त भएको छ । कोरियाको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनद्वारा गत आज एक समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।
कोरियाका लोकप्रिय कवि स्व बाग्दुजिनको नाममा स्थापित उक्त संस्थाले प्रतिष्ठित बाग्दुजिन पुरुस्कार र आन्सङ पुरस्कार प्रदान गर्दै आएको थियो । संस्थाले यसपालीदेखि ‘एशिया भिजन पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो । पहिलो पटक प्रदान गरिएको यो पुरस्कार चिनिया कवि जनउन्जी र नेपाली कविका पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो । पचास लाख कोरियन वन (नेपाली रुपैयाँ पाँच लाख बराबर) नगद राशीको उक्त पुरस्कार दुई कृतिलाई संयुक्त रुपमा प्रदान गरिएका कारण नेपाली कृतिले २५ लाख हात पारेको हो ।
कार्यक्रममा नेपाली पुस्तक ‘यो मेशिनको शहर हो’ को समीक्षा गर्दै एशिया फाउण्डेशनका अध्यक्ष जो नामछलले विदेशमा कामदारको रूपमा कार्यरत भए पनि नेपाली कविका कवितामा उच्च काव्यिक चेतना रहेको बताउनुभयो । कार्यक्रममा नेपाली पुस्तक टोलीको प्रतिनिधिको रूपमा अनुवादक तथा कवि मोहन कार्कीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको रकमले कोरियामा रहेका नेपाली कथाकारको कथालाई अनुवाद गरी कोरियन भाषामा प्रकाशन गर्ने योजना रहेकोसमेत कार्कीले बताउनुभयो ।
कोरियामा रोजगारीलगायत विविध पेसामा आबद्ध नेपाली ३५ कविका ७० कविता समावेश भएको कविता सङ्ग्र्रह ‘यो मेसिनको शहर हो’ गत पुसमा प्रकाशन भएको थियो । कृतिमा कवि सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, जीवन खत्री, बोनम प्रताप, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायत कविता समाविष्ट छन् ।
कविताको पराजित पोमुले सम्पादन गरेको कृतिलाई कोरियन कवि इ गिजु(मुना) र मोहन कार्कीले अनुवाद गर्नुभएको हो । नेपाली भाषामा लेखिएका कवितालाई कोरियन भाषामा अनुवाद गरी कोरियाको प्रतिष्ठित प्रकाशन गृह ‘नाम्छाड’ ले गत पुसमा प्रकाशन गरेको थियो । कविता कृति ‘यो मेशिनको शहर हो’ नेपाली भाषामा पनि प्रकाशन गर्ने योजना रहेको प्रकाशकले बताएका छन् । यस कृतिलाई यसअघि पनि ‘रेड अर्वार्ड’ प्रदान गरिएको थियो । केही महिना अघि राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा ‘रेड अवार्ड’ प्रदान गरिएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]