काठमाडौँ। निर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउन आगामी महिना सम्मेलन आयोजना गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ ।
सम्मेलनलाई लक्ष्यित गरी वेबसाइट पनि आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि २०७२ साल असार १० गते पुनःनिर्मााण्का लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनकै जस्तो सहभागिता यसपटक पनि जुटाउन लागिएको जानकारी दिनुभयो ।
सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिम मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास गरिएको छ । प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ भावी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकराणको कामसमेत गरेको छ । सम्मेलन सफल बनाउन प्राधिकरणले ध्यान केन्द्रित गरेको सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिनुभयो ।
आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुन: निर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । प्राधिकरणले नै गरिरहेका केही काम भने त्यस अवधिमै सक्ने गरी तयारी भएको छ । प्राधिकरणले अहिले लेखापरीक्षणको काम गराइरहेको जनाइएको छ ।
सम्मेलन आयोजक समितिका संयोजक एवम् प्राधिकरण कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठले राजनीतिक दल, सञ्चारकर्मी र दातृ निकायले भूकम्पपछिको पुनःनिर्माणलाई कसरी हेरेका छन् भनी छुट्टाछुट्टै सत्र राख्न लागिएको जानकारी दिनुभयो । सम्मेलनमा विषय विज्ञ, स्वदेशी तथा विदेशी पाहुना एवम् विभिन्न सङ्घसंस्थालाई आमन्त्रण गरिएको उहाँले सुनाउनुभयो ।
सम्मेलनले नेपाललाई विश्वमा प्रवद्र्धन गर्नसमेत सहयोग गर्ने आशा गरिएको छ । सम्मेलनलाई लक्ष्यित गरी सार्वजनिक गरिएको वेबसाइटमा कार्यक्रमसम्बन्धी महत्वपूर्ण सूचना एवम् गतिविधि समावेश गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।
प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई नयाँ वेबसाइटमा गई अनलाइन माध्यमबाट नाम दर्ता गर्न अनुरोध गरेको छ । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण भत्केका संरचना पुनःनिर्मााणका लागि त्यसै वर्ष पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।
स्थापनाअघि विसं २०७२ असार १० गते सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनमा रु चार खर्ब १० अर्ब वैदेशिक सहयोगको प्रतिबद्धता भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनःनिर्माणका लागि वास्तविक प्रतिबद्धता रकम रु तीन खर्ब २१ अर्ब रहेको प्राधिकरणले जनाएको छ । यसमध्ये रु तीन खर्ब १३ अर्बको सम्झौता भइसकेको छ । यो कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा