
काठमाडौं । अकाउन्टीविलिटी ल्याब नेपालले इन्टेग्रिटी आईकन–२०२१ सार्वजनिक गरेको छ । ल्याव नेपालले सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक काम गर्ने पाँच जना कर्मचारीलाई इन्टेग्रिटी आईकनबाट सम्मानित गर्ने छ । यसवर्षका इन्टेग्रीटी आईकनलाई देशभरिबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जनाको नाम छनौट गरिएको ल्याव नेपालको कार्यक्रम संयोजक अस्मिता शर्माले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय निर्णायक समितिले विभिन्न चरणमा छलफल पश्चात ती कर्मचारीको नाम छनौट गरिएको कार्यक्रम संयोजक शर्माले जानकारी बताउनुभयो । उहाँका अनुसार ती कर्मचारीले गरेका काम, सेवाग्राहीलाई प्रदान गर्ने सुविधाजस्ता कुराको आधारमा इन्टेग्रिटी आईकन प्रदान गरिएको हो ।
त्यसमा नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन) शिला शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिका, मकवानपुरका कृषिअधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पताल भक्तपुरका मेडिकल सुपेरिटेन्डेण्ट डा सुमित्रा गौतम र भाषाआयोग काठमाडौँका उपसचिव डा लोकबहादुर लोप्चन रहनुभएको छ ।
छनौट गरिएका इन्टेग्रीटी आईकनलाइ आगामी कार्तिक १२ हुने कार्यक्रममा सम्मान गरिने कार्यक्रम संयोजक शर्माले बताउनुभयो । नेपालमा आठ वर्ष अघिदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ