
काठमाडौं । अकाउन्टीविलिटी ल्याब नेपालले इन्टेग्रिटी आईकन–२०२१ सार्वजनिक गरेको छ । ल्याव नेपालले सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक काम गर्ने पाँच जना कर्मचारीलाई इन्टेग्रिटी आईकनबाट सम्मानित गर्ने छ । यसवर्षका इन्टेग्रीटी आईकनलाई देशभरिबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जनाको नाम छनौट गरिएको ल्याव नेपालको कार्यक्रम संयोजक अस्मिता शर्माले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय निर्णायक समितिले विभिन्न चरणमा छलफल पश्चात ती कर्मचारीको नाम छनौट गरिएको कार्यक्रम संयोजक शर्माले जानकारी बताउनुभयो । उहाँका अनुसार ती कर्मचारीले गरेका काम, सेवाग्राहीलाई प्रदान गर्ने सुविधाजस्ता कुराको आधारमा इन्टेग्रिटी आईकन प्रदान गरिएको हो ।
त्यसमा नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन) शिला शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिका, मकवानपुरका कृषिअधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पताल भक्तपुरका मेडिकल सुपेरिटेन्डेण्ट डा सुमित्रा गौतम र भाषाआयोग काठमाडौँका उपसचिव डा लोकबहादुर लोप्चन रहनुभएको छ ।
छनौट गरिएका इन्टेग्रीटी आईकनलाइ आगामी कार्तिक १२ हुने कार्यक्रममा सम्मान गरिने कार्यक्रम संयोजक शर्माले बताउनुभयो । नेपालमा आठ वर्ष अघिदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने