काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गरेको हो ।
बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो । तोकिएको समयभित्र सम्बन्धित निकायका सम्मेलन सम्पन्न गर्न समयाभाव भएपछि माओवादीले कार्यतालिका हेरफेर गरेको हो ।
यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरेको छ । यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो । राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको उहाँले बताउनुभयो ।
आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन तय भएको छ । बैठकले केही कमिटी र आयोगलाई पूर्णता दिएको छ । बैठकले १४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।
यस्तै बैठकले पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टङ्क राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग गठन गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । माओवादीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिसकेको छ ।
बैठकले भूगोलभन्दा बाहिर पार्टी काममा संलग्न सदस्यलाई समेटेर १७५ सदस्यीय विशेष कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक यही कात्तिक ४ गते बिहान ८ बजे बस्ने उहाँले जानकारी दिनुभयो ।
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान