काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गरेको हो ।
बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो । तोकिएको समयभित्र सम्बन्धित निकायका सम्मेलन सम्पन्न गर्न समयाभाव भएपछि माओवादीले कार्यतालिका हेरफेर गरेको हो ।
यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरेको छ । यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो । राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको उहाँले बताउनुभयो ।
आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन तय भएको छ । बैठकले केही कमिटी र आयोगलाई पूर्णता दिएको छ । बैठकले १४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।
यस्तै बैठकले पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टङ्क राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग गठन गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । माओवादीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिसकेको छ ।
बैठकले भूगोलभन्दा बाहिर पार्टी काममा संलग्न सदस्यलाई समेटेर १७५ सदस्यीय विशेष कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक यही कात्तिक ४ गते बिहान ८ बजे बस्ने उहाँले जानकारी दिनुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा