बैतडी । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ ।
मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत