काठमाडौँ । माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् ।
साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि पहिलो पटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्नुभएको थियो ।
त्यस्तै नेपाली टोलीलाई स्वागत गर्न फुटबल समर्थककोसमेत बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले ‘थ्याङ्क्यु अब्दुल्लाह’ भन्दै नारा लगाएका थिए । प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी भने माल्दिभ्सबाटै कुवेत प्रस्थान गर्नुभएको छ ।
अल्मुताइरीले फाइनल खेलपछि भने दुई साता आराम गर्ने र त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने अन्तिम निर्णय लिने बताउनुभएको छ ।
विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो भने भारतले लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो । १३ औँ संस्करणसम्म आइपुग्दा भारतले भने आठौँ पटक साफ च्याम्यिनसिपको उपाधि चुम्न सफल भयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा