राष्ट्रसंघद्वारा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको छ ।

यहाँको सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्काे पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गर्नुभएको छ । उहाँले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई यहाँ शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री