रुसमा एकैदिनमा कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

मस्को । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।
मस्को टाइम्सका अनुसार विगत तीन दिनदेखि रसियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार हाराहारीमा छ भने संक्रमितहरुको संख्या दैनिक ३२ हजार रहेको छ ।

रसियामा करिब ३१ प्रतिशत मानिसले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री