बेइजिङ। आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता शुरू भएको छ ।
चीनका परराष्ट्र मन्त्री वाङ यी र युरोपेली सङ्घका कूटनीतिक तथा सुरक्षा नीति उच्च प्रतिनिधि जोस बोर्रेल्लले संयुक्तरूपमा अध्यक्षतामा गरेको एघारौं चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता चीन र यूरोपेली संघबीच रहेका मतभिन्नतालाई कम गर्ने विश्वास वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङले गर्नुभएको बताइएको छ ।
चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री वाङ यीले हालै चीन र युरोप बीचको सम्पर्क र वार्ता बढ्दै गइरहेको क्रममा धेरै मतैक्य हासिल भएको बतानुभयो । वार्तामा सकारात्मक प्रवृत्तिलाई कायम राख्दै आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेदलाई उचित तरिकाले कमी गर्ने र विश्वव्यापी देखा परेका चुनौतीको सामना गर्न दुवै पक्षको योगदान रहने विश्वास उहाँको छ ।
वाङले संयुक्त राष्ट्र संघको ७६ औं महासभाको सामान्य बहसमा राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको विश्वको विकास प्रस्तावमा यूरोपको सहभागिताको लागि स्वागत पनि गर्नुभएको छ ।
युरोपेली संघका उच्च प्रतिनिधि बोर्रेल्लले चीनसँग मिलेर भाबी आपसी उच्चस्तरीय आदानप्रदानको तयारी गर्दै पारस्परिक सम्बन्धको विकासको लागि राजनीतिक निर्देशन दिने अपेक्षा वार्तामा गर्नुभएको बताइएको छ । चीनसँग महामारी प्रतिरोध, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा हुने सहयोगमा निरन्तरता दिँदै जाने इच्छा पनि उहाँले व्यक्त गर्नुभएको छ ।
यसका अतिरिक्त, दुई पक्षबीच मानवअधिकार सम्बन्धमा बैचारिक आदानप्रदान भएको पनि मन्त्रालय स्रोतले बताएको छ ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार