जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ।
अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रिपोर्टअनुसार कोभिड-१९ को उत्पत्तिबारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अपर्याप्त छ।
रिपोर्ट मा भनिएको छ -वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन-अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस सङ्क्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ।
स्वास्थ्य सङ्गठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ।
यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्वीकार गरेको थियो । त्यसबारे चिनियाँ उपविदेश मन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिंगका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीको विरूद्धको लडाइमा वैज्ञानिक ढङ्गले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए।
यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ-अमेरिकी खुफिया समुदाय (आईसी) का अनुसार नोभेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारी बिना कहिल्यै पहिचान गर्न सकिदैन ।
रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्ने बारे विभाजित नै छ।
डब्लुएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली जसले २०२१ को शुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिको बारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो यद्यपि यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्वीरहरू सङ्कलन गर्न भने निकै सङ्घर्ष गरेको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य