रियो दि जेनेरियो । ठूलो आन्द्राभित्रबाट ट्युमर हटाउन शल्यक्रियापछि ब्राजिलका पूर्व पुटबल खेलाडी उड्सन आरान्तेस दो नासिमेन्तो (पेले) को स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी केलीले शनिबार जानकारी गराउनुभएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिले शताब्दी–खेलाडीको उपाधिद्वारा सम्मानित ८० बर्षीय पेलेलार्ई फेरि सघन उपचार कक्षमा भर्ना गरिएको रिपोर्टहरूपछि आएका अफबाहलाई सम्बोधन गर्न छोरी केलीले अस्पतालको ओछ्यानमा बसिरहेका आफ्नो बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गनुभएको हो
नासिमेन्तोले लेख्नुभयो, “मलाई थाहा छैन कि यहाँ के हल्ला चलिरहेको छ तर मेरा सपनाहरू फस्टाइरहेको छन् ।”
आजभोलि संसारमा धेरै चिन्ता छाएको छ र हामी अझ बढी चिन्ताको कारण बन्न चाहँदैनौं । यो फोटो अहिले नै खिचिएको हो ।
“उहाँ निको हुँदैहुनुहुन्छ । उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ ।”
नियमित परीक्षणको दौडान ट्युमर फेला परेपछि पेलेको सेप्टेम्बर ४ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा शल्यक्रिया गरिएको थियो ।
उहाँलाई मंगलबारको सघन उपचार कक्षबाट सामान्य शै्ययामा सारिएको छ । तीन पटकको विश्वकप विजेता पेलेले कम्मरको शल्यक्रियाका साथै मिर्गौला र प्रोस्टेटको अवस्थासम्बन्धी एकपछि अर्को स्वास्थ्य समस्याहरूसँग सङ्घर्ष गर्दै आउनुभएको छ ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक