लन्डन। रूसी एक बैंकबाट आर्थिक लाभ स्वीकारेको अभियोगपछि राजकुमार चार्ल्सको परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिनुभएको छ ।
संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चार्ल्सको परोपकारी संस्थाका अध्यक्ष डगलस कोनेलले बुधबार राजीनामा दिनुभएको हो ।
चाल्र्सले उक्त पैसाको लागि रूसी अधिकारी दिमिट्री लिउसलाई धन्यवाद दिंदै एउटा पत्र लेखेको र महामारीपछि भेट्ने आश्वासन दिएको भन्ने सुझावपछि स्कटल्याण्डको परोपकारी संस्था नियामक निकायले जाँच शुरु गरेको हो ।
अध्यक्ष डगलस कोनेलले भने ‘यदि गम्भीर गलत आचरण भएको जस्तो देखिएमा’ मात्रै आफू दोषी भएको ठहरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रिन्स फाउन्डेशन भित्र र बाहिर विभिन्न प्रकारका दुव्यवहारपूर्ण गतिविधिहरू भएका हुन सक्छन् भन्ने अखबारको रिपोर्ट देखेर म स्तब्ध र निराश भएको छु । “मेरो विचारमा यो समय मेरो लागि सही कदम भनेको जिम्मेवारी स्वीकार गर्नु र भूमिकाबाट अलग हुनु नै हो ।”
सन् २००४ मा रूसमा सम्पत्ती शुद्धिकरण कार्यमा लिउस दोषी भएको पत्ता लागेपछि फाउन्डेसनको आचारसंहिता समितिले अनुदान अस्वीकार गरेको थियो । आफूलाई दोषी ठहराइएकोमा आश्चर्य व्यक्त गर्दै आफू राजनैतिक तवरमा उत्प्रेरित अभियोगको शिकार बनेको दाबी कोनेलले गर्नुभयो ।
आइतबार गरिएको एक इमेलमा लियसले तेस्रो पक्षका फिक्सरमार्फत फाउन्डेसनलाई पाँच लाख पाउण्डस्टर्लिङ दिएको बताइएको छ । तर फाउन्डेसनले भने एक लाख पाउण्ड पाउण्ड मात्रै पठाएको बताएको छ । आचारसंहिता समितिले हस्तक्षेप गर्नुअघि सुरुमा त्यो अनुदान स्वीकार गरिएको थियो ।
यस महिनाको सुरुतिर राजकुमारका भूतपूर्व सहयोगीले राजकुमार फाउन्डेशनको मुख्य कार्यकारी पदबाट अस्थायी रूपमा हटेको जानकारी गराउनुभएको थियो । उहाँले रूसी धनी दाताद्वारा सम्मान र ब्रिटिश नागरिकता दिलाउने शर्तमा सहयोग लिएको आरोपहरूपछि अनुसन्धान थालिएको हो । राजकुमारका अर्का पूर्व सहयोगी फाउसेटलाई साउदी व्यापारी महफूज मारे मुबारक बिन महफूजसँग सम्बन्धित सम्मान समन्वय गर्न सहयोग गरेको पनि आरोप लगाइएको छ ।
महफूजलाई राजकुमार फाउन्डेसनको वेबसाइटमा समर्थकको सूचीमा राखिएको छ । उहाँलाई सन् २०१६ मा रानी एलिजाबेथ द्वितीयबाट राजकीय सम्मान दिइएको थियो ।
यसको वेबसाइटका अनुसार यस फाउन्डेसनको लक्ष्य ‘आज संसारले सामना गरिरहेको चुनौतीहरूको समग्र समाधान प्रदान गर्नु’ हो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने