लन्डन। रूसी एक बैंकबाट आर्थिक लाभ स्वीकारेको अभियोगपछि राजकुमार चार्ल्सको परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिनुभएको छ ।
संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चार्ल्सको परोपकारी संस्थाका अध्यक्ष डगलस कोनेलले बुधबार राजीनामा दिनुभएको हो ।
चाल्र्सले उक्त पैसाको लागि रूसी अधिकारी दिमिट्री लिउसलाई धन्यवाद दिंदै एउटा पत्र लेखेको र महामारीपछि भेट्ने आश्वासन दिएको भन्ने सुझावपछि स्कटल्याण्डको परोपकारी संस्था नियामक निकायले जाँच शुरु गरेको हो ।
अध्यक्ष डगलस कोनेलले भने ‘यदि गम्भीर गलत आचरण भएको जस्तो देखिएमा’ मात्रै आफू दोषी भएको ठहरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रिन्स फाउन्डेशन भित्र र बाहिर विभिन्न प्रकारका दुव्यवहारपूर्ण गतिविधिहरू भएका हुन सक्छन् भन्ने अखबारको रिपोर्ट देखेर म स्तब्ध र निराश भएको छु । “मेरो विचारमा यो समय मेरो लागि सही कदम भनेको जिम्मेवारी स्वीकार गर्नु र भूमिकाबाट अलग हुनु नै हो ।”
सन् २००४ मा रूसमा सम्पत्ती शुद्धिकरण कार्यमा लिउस दोषी भएको पत्ता लागेपछि फाउन्डेसनको आचारसंहिता समितिले अनुदान अस्वीकार गरेको थियो । आफूलाई दोषी ठहराइएकोमा आश्चर्य व्यक्त गर्दै आफू राजनैतिक तवरमा उत्प्रेरित अभियोगको शिकार बनेको दाबी कोनेलले गर्नुभयो ।
आइतबार गरिएको एक इमेलमा लियसले तेस्रो पक्षका फिक्सरमार्फत फाउन्डेसनलाई पाँच लाख पाउण्डस्टर्लिङ दिएको बताइएको छ । तर फाउन्डेसनले भने एक लाख पाउण्ड पाउण्ड मात्रै पठाएको बताएको छ । आचारसंहिता समितिले हस्तक्षेप गर्नुअघि सुरुमा त्यो अनुदान स्वीकार गरिएको थियो ।
यस महिनाको सुरुतिर राजकुमारका भूतपूर्व सहयोगीले राजकुमार फाउन्डेशनको मुख्य कार्यकारी पदबाट अस्थायी रूपमा हटेको जानकारी गराउनुभएको थियो । उहाँले रूसी धनी दाताद्वारा सम्मान र ब्रिटिश नागरिकता दिलाउने शर्तमा सहयोग लिएको आरोपहरूपछि अनुसन्धान थालिएको हो । राजकुमारका अर्का पूर्व सहयोगी फाउसेटलाई साउदी व्यापारी महफूज मारे मुबारक बिन महफूजसँग सम्बन्धित सम्मान समन्वय गर्न सहयोग गरेको पनि आरोप लगाइएको छ ।
महफूजलाई राजकुमार फाउन्डेसनको वेबसाइटमा समर्थकको सूचीमा राखिएको छ । उहाँलाई सन् २०१६ मा रानी एलिजाबेथ द्वितीयबाट राजकीय सम्मान दिइएको थियो ।
यसको वेबसाइटका अनुसार यस फाउन्डेसनको लक्ष्य ‘आज संसारले सामना गरिरहेको चुनौतीहरूको समग्र समाधान प्रदान गर्नु’ हो ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?