प्रधानसेनापति शर्माले लिए सपथ

काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको ४४ औं प्रधानसेनापति शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम राष्ट्रपति एवं परमाधिपति श्रीमती विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।

सपथअघि राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह लगाइदिएकी थिइन् ।

समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई ११ भदौमा प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । आजदेखि सुरु भएको शर्माको कार्यकाल तीन वर्ष रहनेछ ।

लमजुङका शर्मा ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने पहिलो सैनिक अधिकारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री