एकीकृत समाजवादी संसदीय दलका नेतामा माधव नेपाल सर्वसम्मत

काठमाडौं ।  नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) को ल्होत्से हलमा बसेको आज अपरान्ह बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा (एस) सँग संघीय संसदमा ३० जना सांसद रहेका छन । नेपाल नेतृत्वको नेकपा एसले गत भदौं ९ गते दलको मान्यता प्राप्त गरेको थियो ।

अध्यक्ष नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए ।

आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए । राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताएका उनले वाह्यमुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् । नेपालले आफ्ना नेताहरुलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी पनि स्थापित हुने दावी गरेका हुन् ।

नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तुल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुने दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री