काबुल । अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ । अमेरिकाले नानगहार प्रान्तमा गरिएको सो कारबाहीमा एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गरेको छ ।
यसअघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समय बिहीबार विमानस्थलनजिकै १७० जनाको ज्यान लिने गरी उक्त समूहले आक्रमण गरेको थियो । काबुल विमानस्थल बाहिर उद्धारको पर्खाइमा रहेको महिला, पुरुष र बालबालिकाको भिडमा उक्त आत्मघाती विस्फोटन गराएइको थियो ।
आइएस–केले विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको बीबीसीले बताएको छ । सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो ।
यसैबीच काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन् ।
त्यस्तै वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् । अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ ।
अमेरिकाले नानगहारमा गरिएको ड्रोन आक्रमणबारे प्राप्त ‘प्रारम्भिक सङ्केतहरूले’ इस्लामीक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएको केही घण्टापछि उक्त कारबाही गरिएको छ । इस्लामीक स्टेट समूहको एउटा सानो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकू समूह हो ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य