काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको छ । पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको हो ।
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने उहाँको भनाइ थियो । “सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहयोग गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “सत्ता बाहिर रहेका कम्युनिष्टसँग पनि सहकार्य हुन्छ ।”
आफूहरुको नयाँ पार्टी राष्ट्र र जनताप्रति समर्पित भई काम गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो पार्टी राष्ट्रप्रति र जनताप्रति समर्पित हुनेछ, यो कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा पर्ने छैन ।”
अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा (एमाले) को संस्थापक आफू नै भएको र पार्टीभित्र देखिएको विकृतिलाई तिलाञ्जली दिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन विकल्पका रूपमा पार्टी खोल्नुपरेको उहाँले जानकारी दिनुभयो । सो पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता गरेको प्रमाणपत्र प्राप्त गरेको थियो । नेकपा (एमाले) प्रति असहमति जनाउँदै नयाँ पार्टी दर्ता गरेको हो ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन