लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले ३ दिने चिल्ड्रेन समर क्याम्प संचालन गरेको छ । गत १८, १९ र २० अगष्टका दिन बिसीसी युकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा सो चिल्ड्रेन समर क्याम्प संचालन गरेको हो ।
बिशेष गरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, सामबुटा लिपी लगायतको बिषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्प संचालन गरिएको हो ।
करीब २७ जना बालबालिकाहरुले भाग लिएको उक्त समर क्याम्पमा बिसीसी युकेका धर्मगुरु खेन्पो कुन्ख्याप, से नाम्खा, काल्साङ्ग गुरु, लामा रिग्जेन, शारदा, अमोस, लारीलगायतले बालबालिकाहरुलाई विभिन्न बिषयमा जानकारी गराएका थिए ।
यसैबीच बिसीसी युकेका सल्लाहकार एवं उक्त समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले आफ्ना नानिहरुलाई उक्त कार्यक्रममा सहभागी गराईदिएकोमा सम्पूर्ण अभिभावकहरुलाई आभार व्यक्त गरेका छन् । त्यस्तै, उक्त कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका धर्मगुरुहरु, कार्यसमिति, आमाहरु, गुम्बा स्टाफ, सहभागी बालबालिकाहरु लगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।
बिसीसी युकेले उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाहरुले बौद्ध दर्शन, मेडिटेशन, योगा लगायतको बिषयमा जानकारी प्राप्त गरेको विश्वास व्यक्त गर्दै, अब छिट्टै प्रत्येक आइतबार नियमित रुपमा करीब २ घण्टा बालबालिकाहरुलाई बौद्ध दर्शनसंग सम्बन्धित कक्षा संचालन गर्ने जानकारी गराएको छ ।
बिसीसी युकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त समर क्याम्पमा बालबालिकाहरुलाई मनोरञ्जनात्मक खेलसंगसंगै भोजनको समेत प्रवन्ध गरिएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा