लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले ३ दिने चिल्ड्रेन समर क्याम्प संचालन गरेको छ । गत १८, १९ र २० अगष्टका दिन बिसीसी युकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा सो चिल्ड्रेन समर क्याम्प संचालन गरेको हो ।
बिशेष गरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, सामबुटा लिपी लगायतको बिषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्प संचालन गरिएको हो ।
करीब २७ जना बालबालिकाहरुले भाग लिएको उक्त समर क्याम्पमा बिसीसी युकेका धर्मगुरु खेन्पो कुन्ख्याप, से नाम्खा, काल्साङ्ग गुरु, लामा रिग्जेन, शारदा, अमोस, लारीलगायतले बालबालिकाहरुलाई विभिन्न बिषयमा जानकारी गराएका थिए ।
यसैबीच बिसीसी युकेका सल्लाहकार एवं उक्त समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले आफ्ना नानिहरुलाई उक्त कार्यक्रममा सहभागी गराईदिएकोमा सम्पूर्ण अभिभावकहरुलाई आभार व्यक्त गरेका छन् । त्यस्तै, उक्त कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका धर्मगुरुहरु, कार्यसमिति, आमाहरु, गुम्बा स्टाफ, सहभागी बालबालिकाहरु लगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।
बिसीसी युकेले उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाहरुले बौद्ध दर्शन, मेडिटेशन, योगा लगायतको बिषयमा जानकारी प्राप्त गरेको विश्वास व्यक्त गर्दै, अब छिट्टै प्रत्येक आइतबार नियमित रुपमा करीब २ घण्टा बालबालिकाहरुलाई बौद्ध दर्शनसंग सम्बन्धित कक्षा संचालन गर्ने जानकारी गराएको छ ।
बिसीसी युकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त समर क्याम्पमा बालबालिकाहरुलाई मनोरञ्जनात्मक खेलसंगसंगै भोजनको समेत प्रवन्ध गरिएको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न