सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ ।
देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो ।
देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमारीको प्रभाव पनि धेरै परेकाले सतर्कता पनि बढाइएको छ ।
समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लकडाउन कायमै रहने भएको छ ।
कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म कफ्र्यू पनि लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।
घरबाहिर गरिने शारीरिक व्यायाम दैनिक एक घण्टा मात्रै गर्न पाइने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउन लागू गरिएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा शारीरिक कसरत गर्दाबाहेक अरू बेला मास्क अनिवार्य गरिएको छ । यो व्यवस्था पनि यही अगस्त २३ देखि नै लागू हुन्छ ।
सिड्नीको बृहत् क्षेत्र र आसपासका क्षेत्रमा लागू गरिएको लकडाउन यही अगस्त २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।
न्यू साउथ वेल्स प्रदेशभर पछिल्लो २४ घण्टामा मात्रै ६४४ जना नयाँ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकै बेला लकडाउनको समयावधि थप्ने निर्णय भएको हो ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग