काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ताका लागि प्रस्ताव गर्नुभएको दल नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ ।
निर्वाचन आयोगमा शुक्रबार दिउँसो १ बजे नाम परिवर्तनका लागि निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता भएको हो । आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाव दिएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।
गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँताएपछि सोही नाममा अर्को दल दर्ता हुन नसक्ने निर्वाचन आयोगले जनाएकाे छ । एमालेबाट अलग भएका नेता माधवकुमार नेपाल पक्षले भदौ २ गते बुधबार अलग दल दर्ताको आवेदन आयोगमा दिएको थियो । आयोगले विहीबार मात्र दल दर्तासम्बन्धी नियमावली संशाधन गरेको थियो ।
नियमावली र ऐन अनुसार नाम, झण्डा र चुनाव चिन्ह दोहोरिएर राख्न नमिल्ने व्यवस्था भएकाले एउटै नाममा दल दर्ता गर्न नमिल्नेगरी आयोगले निर्णय लिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । नेता नेपाल अध्यक्ष रहेको पक्षले एमालेसँग मिल्नेगरी नेकपा एमाले (समाजवादी) नाम दर्ताको लागि आवेदन दिएपछि आयोगले त्यसमा पुनरविचार गर्न सो पक्षलाई आग्रह गरेको थियाे । आयोगको आग्रहअनुसार माधव पक्षले नाम परिवर्तन गरी पुन आवेदन दिएको हाे ।
महन्थ पक्षकाे नयाँ दलको नाम पनि उपेन्द्र यादव अध्यक्ष रहेको दलसँग नाम मिल्न गएकाले सो पक्षलाई पनि अर्को नाम प्रस्तावसहित आवेदन दिन आयोगले आग्रह गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा