अमेरिकामा सेप्टेम्बरदेखि कोभिडविरुद्ध बुस्टर डोज दिने तयारी 

(Photo by Mark Felix / AFP)

न्युयोर्क। सबै अमेरिकीलाई सेप्टेम्बरको तेस्रो सातादेखि कोभिडबिरुद्ध बुस्टर डोज दिइने भएको छ । पहिलो चरणमा स्वास्थ्य कार्यकर्ता, दीर्घ रोगी र ८ महिनाअघि खोप लिएका बृद्धबृद्धालाई बुस्टर डोज दिइने भएको छ ।

डेल्टा भाइरसको जोखिम उच्च भइरहेको र खोपबारे अविश्वास घटिरहेका बेला अमेरिकाले बुस्टर डोजको तयारी गरेको हो । खोपका लागि अन्तिम स्वीकृति लिन अझै बाँकी रहेको बताइन्छ ।

अमेरिका जुलाईको सुरुदेखि संक्रमितको संख्या बढ्न थालेको छ । जुलाईसम्म अमेरिकामा कूल संक्रमितको संख्या दश हजार रहेकोमा यो संख्या अहिले १ लाख ५० हजार पुगेको छ । विभिन्न राज्यमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै स्वास्थ्य अधिकारीहरुले मास्क अनिवार्य गर्न र सामाजिक दूरी कायम गर्न सुझाब दिएका छन् ।

दुई पटक खोप लगाएकालाई बुस्टर खोपको व्यबस्था गर्न रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख, खाद्य तथा औषधी प्रशासनका प्रमुख, नेस्नल इन्स्टिच्युट अफ हेल्थ का प्रमुख र राष्ट्रपति जो बाईडनेका प्रमुख स्वास्थ्य सल्लाहकार डा. एन्टोनी फाउसी सहमत भएका छन् ।

समयको अन्तरालसँगै कोभिड खोपको प्रभावकारिता घटेको र डेल्टा भेरियन्ट बढेसँगगै बुस्टर डोज आवश्यक भएको विज्ञहरुले बताउदै आएका छन् । तर केही देशका सरकारहरुले भने बुस्टर डोजको बिरोध गरेका छन् । कतिपय देशका नागरिकले अहिलेसम्म पहिलो डोज लाउन नपाएर धेरै मानिसहरुको मृत्यु भइरहेका बेला उनीहरुले तेस्रो खोपको बिरोध गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री