काठमाडौं। राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।
कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उहाँ वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिनुभयो ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन