महन्थ ठाकुरले खोले नयाँ पार्टी 

महन्थ ठाकुर

काठमाडौं । राजनीति दल सम्बन्धी अध्यादेश २०७८ जारी भएलगत्तै महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनीहरुले नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राखेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश २०७८ जारी गरेलगत्तै उनीहरुले नयाँ दल दर्ता गर्न निवेदनक दिएका हुन् ।

महन्थ ठाकुरकै अध्यक्षतामा २३ सदस्यीय कार्यकारिणी समिति रहेको र चुनाव चिन्ह साइकल माग गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जारी गर्ने निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष बुझाएको थियो  । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गर्दै जारी गरेकी हुन् ।

उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत सदस्यको समर्थनमा नयाँ राजनीतिक दल खोल्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री