भारतीय स्वतन्त्रता दिवसमा मृत गोरखा सैनिकका परिवारलाई साढे ४ करोड सहयोग

काठमाडौं, ३१ साउन । भारतको ७५ औं स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ ।

स्वतन्त्रता दिवसलाई ‘आजादी का अमृत महोत्सव’ को रूपमा मनाइएको भारतीय दूतावासले जनाएको छ । महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहने छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रिय झण्डा फहराएर उत्सवको शुरुवात गरेका थिए । उनले भारतका राष्ट्रपतिको सन्देश पढेर पनि सुनाए ।

राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो । भारतको स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जलि अर्पण पनि गरिएको थियो ।

राजदूत क्वात्राले एकल महिला र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तलाई ४.४५ करोड नेरु र प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान गरे ।

समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो । साे अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरुको संरक्षणको लागि ‘कला र सांस्कृतिक विरासतको लागि भारतीय राष्ट्रिय ट्रस्ट (आइएनटिएसीएच)’ को वेबसाइट उद्घाटन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री