लण्डन । गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच तत्काल वार्ताको माग राखी बेलायतमा अनसनरत गोरखा सैनिकहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि अनसन शुरु हुने भएको छ ।
नेपालमा बसोबासरत गोरखा सैनिकहरु, सिंगापुर प्रहरी र नागरिक समाजको सहभागितामा आइतबारदेखि रिले अनसन शुरु हुने बताइएको छ ।
सो अनसन दिन र रात गरी चौबीसै घण्टा चल्ने बताइएको छ ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालको आयोजनामा हुने सो अनसन वरिष्ठ अधिवक्ता प्राध्यापक युवराज संग्रौलाले शुरु गर्ने बताइएको छ । उनी गोरखाहरुको समस्याका बारेमा जानकार व्यक्ति हुन् । यसअघि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कानुनी सल्लाहकार रहिसकेका संग्रौला नेपाल सरकारका पूर्व कानुनी सल्लाहकार महान्यायाधिवक्ता पनि हुन् ।
सो अनसनमा भाग लिन दिन र रातका लागि आठ/आठ जनाको समूह बनाइएको छ । जसमा पूर्व गोरखाका साथै उनका परिवार पनि छन् । हालसम्म तीन दर्जनले सो अनसनमा भाग लिनका लागि नाम लेखाइसकेका छन् भने अनसन बस्न नाम लेखाउने स्वयंसेवी गोरखा र उनीहरुको परिवारको नाम थपिँदो छ ।
बेलायतमा गोरखाहरुले रिले अनसनपश्चात आमरण अनसन बसिरहेका छन् । ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले एक सातादेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसनरत छन् ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता