काठमाडौँ । गत आर्थिक वर्षमा नेपालले रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ ।
सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट रु एक अर्ब ५० करोड मूल्य बराबरका करिब १० करोड थान डाइपर आयात भएको छ । त्यस्तै भियतनामबाट रु ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट रु ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ । नेपालले मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ), टर्की, थाइल्याण्ड, हङकङ, सिङ्गापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ ।
विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्दछन् ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह