लण्डन । एनआरएनए युकेको निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका प्रेम गाहामगरले निर्वाचन सम्पन्न भैसकेपछि निर्वाचन समितिले मत बदर हुने बारेमा नयाँ नियम बनाउन लागेकाले त्यसमा हस्ताक्षर गर्न नसकिने बताएका छन् ।
गाहा मगर समूहले आज आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले विभिन्न चार चरण पार गरि अन्तिम मतदाता सूचीमा सूचीकृत मतदाताले दिएको मत जस्ताको तस्तै निर्वाचन समितिले सार्वजनिक गर्नुपर्ने माग गरे । उनले निर्वाचन समितिले मतदातले दिएको मत सार्वजनिक गर्न ढिलाइ गरिरहेमा त्यसका विरुद्ध साथ दिन बेलायतमा रहेका सबै संघसंस्थाहरुलाई आह्वान गरे ।
निर्वाचन समितिले विहीबार २ हजार १०० मत बदर गर्ने बारेमा तयार पारिएको पत्रमा हस्ताक्षर गर्न भनिएकोमा आफूले अस्वीकार गरेकाे उनले बताए । ‘त्यसलाई म सुसाइड नोट भन्न चाहन्छु । मलाई अध्यक्षका उम्मेदवारले २ हजार १०० भन्दा बढी मतले जितेको छ केही फरक पर्दैन भनेर मलाई फकाइएको थियो । तर मैले हस्ताक्षर गरिनँ’ उनले भने ।
पत्रकार सम्मेलनमा उपाध्यक्षका अर्का उम्मेदवार नारायण कँडेलले मत परिणाम घोषणा गर्न ढिलाई गरिएमा सूचनाको हकको प्रयोग गर्दै च्वाइस भोटिङबाट मतपरिणाम ल्याएर घोषणा गरेरै छोड्ने बताए ।
उनले एनआरएनए युकेको मतपरिणाम घोषणा नहुनुको कारण च्वाइस भोटिङबाट प्राप्त ड्राफ्ट रिजल्ट भएको बताए । सो ड्राफ्ट रिजल्टमा आफूले चाहेको उम्मेदवारले नजित्ने भएपछि मत बदर हुने र सदर हुने सम्बन्धमा नयाँ नियम बनाउन लागिएको आरोप उनले ल्याए ।
हालसम्म कति मत खस्यो भन्ने सार्वजनिक नगरिएका कारण आफूले चाहेको उम्मेदवारलाई जिताउन निर्वाचन समितिले वास्तविक खसेको भन्दा धेरै मत खसेको देखाउन सक्ने आशंका पनि गरे ।
समावेशी समूहका संयोजक शेर सुनारले निर्वाचन समितिले कुनै उम्मेदवारलाई जिताउन र कुनै उम्मेदवारलाई हराउन निर्वाचन परिणाम घोषणा गर्न ढिलाई गरिएको आरोप लगाए ।
उपाध्यक्षका अर्का उम्मेदवार मोहन कार्कीले च्वाइस भोटिङले निर्वाचनको परिणाम सार्वजनिक गर्न कुनै कठिनाई नभएको बताइसकेको अवस्थामा निर्वाचन समितिले परिणाम घोषणा गर्न ढिलाई गर्नु रहस्यमय भएको बताए ।
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता