मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०७:४१ | UK Time: 02:56

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

वीनेपाली
२०७८ साउन १६ गते १६:५३

उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ ।

सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिनुभएको हो । नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव हुनुहुन्थ्यो । सो दलको आज बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित हुनुहुन्थ्यो ।

निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक