काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ सङ्क्रमित थपिएको हो ।
आज देखिएको सङ्क्रमित सङ्ख्यासहित कूल सङ्क्रमित सात लाख ५६ हजार ७३९ जना पुगेको छ ।
काठमाडौँ उपत्यकामा ७७५ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नेपालमा सङ्क्रमणदर १९.३ प्रतिशत रहेको छ ।
यस्तै आज एक हजार ९१६ जना पूर्ण स्वास्थ्यलाभ लिई घर फर्किनुभएको छ । आजसँगै स्वास्थ्यलाभ लिई घर फर्केनेको सङ्ख्या छ लाख ५४ हजार १७७ पुगेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । यसैगरी आज सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै नौ हजार ८५७ जना पुगेका छन् । प्रति १० लाखमा ३३२.२ जनाको सङ्क्रमणका कारण निधन भएको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार ती मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ पुगेका छन् ।
यसैगरी सघन उपचारकक्ष (आइसीयू)मा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका छन् ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने