लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना गरेको नेपाल पत्रकार महासंघ (एफएनजे) युके वर्ष पत्रकारिता पुरस्कार पत्रकार श्रीभक्त खनाललाई प्रदान गरिएको छ ।
शाखाले हिजो दक्षिण पूर्वी लण्डनमा आयोजना गरेको एक कार्यक्रमका बीच पत्रकार खनाललाई सो पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका थिए ।
शाखाका अध्यक्ष अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको संचालनमा भएको सो समारोहमा सचिव खेमराज रानाभाटले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारहरुबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरेको बताए भने पुरस्कृत पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए ।
शाखाले बेलायतमा कार्यरत नेपाली मूलका पत्रकारहरुद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी एकल भए ५०२ पाउण्ड दुई जनालाई भए जनही २५१ पाउण्ड र सम्मान पत्र राखिएको छ ।
खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता डकुमेन्ट्री निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालको तीन वटा पुस्तक प्रकाशित छ ।
पुरस्कृत पत्रकार छनौटका लागि डा. कृष्ण अधिकारीको संयोजकत्वमा डा. प्रियंवदा पौड्याल, नरेश खपाङ्गीमगर र डा. जगन कार्की रहेको एक छनौट समिति गठन गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा शाखाका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति थियो ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न