लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना गरेको नेपाल पत्रकार महासंघ (एफएनजे) युके वर्ष पत्रकारिता पुरस्कार पत्रकार श्रीभक्त खनाललाई प्रदान गरिएको छ ।
शाखाले हिजो दक्षिण पूर्वी लण्डनमा आयोजना गरेको एक कार्यक्रमका बीच पत्रकार खनाललाई सो पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका थिए ।
शाखाका अध्यक्ष अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको संचालनमा भएको सो समारोहमा सचिव खेमराज रानाभाटले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारहरुबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरेको बताए भने पुरस्कृत पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए ।
शाखाले बेलायतमा कार्यरत नेपाली मूलका पत्रकारहरुद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी एकल भए ५०२ पाउण्ड दुई जनालाई भए जनही २५१ पाउण्ड र सम्मान पत्र राखिएको छ ।
खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता डकुमेन्ट्री निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालको तीन वटा पुस्तक प्रकाशित छ ।
पुरस्कृत पत्रकार छनौटका लागि डा. कृष्ण अधिकारीको संयोजकत्वमा डा. प्रियंवदा पौड्याल, नरेश खपाङ्गीमगर र डा. जगन कार्की रहेको एक छनौट समिति गठन गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा शाखाका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति थियो ।
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने