सचिब पदमा उम्मेदवारी घोषणा तथा अनुरोध ! आदरणीय बेलयातबासी दाजूभाई तथा दिदीबहिनीहरु नमस्कार सर्वप्रथम २०१९/२१ कार्यकाल NCC UK को कार्यसमितिको सदस्य निर्वाचित गरी समाजसेवा गर्ने अवसर दिनु भयकोमा सम्पूर्ण मतदाता महानुभाबहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो कार्यकाल एकदमै सफलता पुर्बक मैले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी पूर्ण रुपमा निभाएको महशुस गरेको छु। यो समय भित्र एनआरएनए यूकेको अभियानसंग प्रत्यक्ष रुपमा नजोडिएका बेलायतका बिभिन्न क्षेत्रमा बसोबासरत साथै बिभिन्न संघ संस्थामा आबद्द बेलायतबासी नेपालीहरुलाई एनआरएनए यूकेको भाईबर सूचना पोर्टलको माध्यमबाट धेरै भन्दा धेरै नेपालीहरुलाई एक ठाउंमा ल्याएर एनआरएनए यूकेको अभियान बारे निरन्तर रूपमा जानकारी/अपडेट गर्ने, कोरोना महामारीको समयमा GOFund मार्फत आर्थिक सहयोग संकलनमा नेतृत्वदायी भूमिका निर्भाह गर्ने र एनआरएन यूकेको हरेक अभियानमा मेरो सक्रिय सहभागीताका साथै जिम्मेवारी निर्भाह गर्दै आएको छु। त्यसैले यिनै र यस्तै कार्यहरुलाई अझ बडी सशक्त बनाउंदै अगाडी बढ्ने मेरो चाहना हो। मेरा आदरणीय एनआरएनए अभियानका बिज्ञ अभियन्ता, साथीभाई, शुभ चिन्तक र मेरो परिवारका सदस्य ज्युहरुको सलाह, सुझाव, माया र भावना अनुसार यही आऊने ३१ जुलाई २०२१ को दिन हुन गईरहेको गैर आवासीय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदको निर्वाचनमा एनआरएनएले पूर्ण प्राप्त गर्न नसकेको हाम्रो सामूहिक माग/ समस्या जस्तै नेपाली नगरिकता निरंतरता, नेपालमा हाम्रो सम्पतिको सुरक्षा, गोरखाको समानता तथा सम्मानको अभियान, नेपालमा गैर आवासीय लगानी मार्फत आर्थिक विकाश, संस्थामा समाबेशी सहभागीता, पूर्ण पारदर्शिता सहित बेलयातभरी नेपाली भाषा, धर्म, संस्कृति जोगाउन र प्रवन्धन गर्ने मेरो व्यक्तिगत प्रतिबद्दता सहित आऊदो २०२१-२३ कार्यकालको लागी गैर आवासीय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदको सचिब पदको लागी मेरो उम्मेदवारि घोषणा गर्दछु। संपूर्ण आदरणीय नेपाली दाजूभाई तथा दिदी बहिनीहरुको सल्लाह र सुझाब सहित पूर्ण सहयोगको अपेक्षा गरेको छु।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर