लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० युकेले ‘फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार २०२०’ पत्रकार सान्त गाहा मगर र टेकबहादुर थामीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
फोनिज युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा यही ४ जुलाई २०२० को दिन भर्चुअल रुपमा बसेको बैठकले यो निर्णय गरेको हो ।
सम्मानको राशी २५/२५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।
फोनिज युकेले संस्थाका प्रमुख सल्लाहकार सोनामछिरिङ शेर्पाको प्रमुख संयोजकत्वमा गठन गरेको पाँच जनाको पत्रकारिता सम्मान छनोट समितिले फोनिज केन्द्र ९नेपाल०ले सिफारिस गरेको ५ जना पत्रकारमध्ये वरिष्ठताका आधारमा सन्त गाहा मगरलाई सम्मान र टेकराज थामीलाई पुरस्कारको निम्ति छनौट गरिएको हो ।
सन्त गाहा मगर नवलपरासी कावासोती नगरपालिका वडा नम्बर १ मा जन्म भै हाल काठमाडौँमा बसोबासरत हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट मास कम्युनिकेसनमा स्नातकोत्तर गर्नु भएको छ भने हिमाल खबरपत्रिका, हिमाल खबर डटकम, अनलाईन खबर डटकममा समाचारदाता र सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिजममा प्रशिक्षकसमेत रहनुभएको छ । त्यस्तैगरी उहाँ गोर्खा एफएम, मेट्रो एफएम र रेडियो लुम्बिनीमा पनि प्रोग्राम प्रोड्युसर र प्रेजेंटरको रुपमा काम गरि सक्नुभएको छ ।
टेकराज थामी दोलखा बाबरे वडा नम्बर ४ घर भै हाल काठमाडौँ बसोबास गर्दै आउनु भएको छ । वहाँले त्रिभुवन विश्व बिद्यालयबाट मास् कम्युनिकेसनमा मास्टर डिग्री गर्नु भएको छ । हालमा नयाँपत्रिका राष्ट्रिय दैनिकमा क्राइम रिपोटर हुनुहुन्छ भने गोरखापत्र दैनिकमा थामी भाषाको संयोजक समेत रहनुभएको छ भने राज्यक्रान्ति साप्ताहिक, सशक्तीकरण न्यूज, संघात्मक मासिकमा समेत समाचारदाताको रुपमा काम गरिसक्नुभएको छ । साथै वहाँ एबीसी टेलिभिजन र सगरमाथा टेलिभिजनमा पनि प्रोग्राम पोड्यूसर र समाचारदाताको रुपमा काम गरिसक्नु भएको छ । वहाँ मातृभाषा पत्रकारितामा पनि एक राम्रो दख्खल राख्नुहुन्छ । थामी भाषा उत्थानको लागि विभिन्न रेडियोहरुमा कार्यक्रमहरु प्रस्तुत गर्नुहुन्छ ।
फोनिज युकेले यसअघि सन् २०१६ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरिएको थियो । त्यसैगरी सन् २०१७ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरिएको थियो भने ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई र फोनिज युके पत्रकारिता सम्मान सन् २०१९ पत्रकार शान्ति गुरुङलाई गरिसकेको छ । सन् २०२० को पत्रकारिता सम्मान तथा पुरस्कार यही २०७७ असार अन्तिम साता काठमाडौंमा प्रदान गरिनेछ ।
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने