मुम्बइ । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको उहाँको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गर्नुभयो ।
कलाकार दिलिपकुमारका प्रवक्ता फैसल फारुकीले पनि उहाँको निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।
करिब ६ दशक भन्दा बढी समय चलचित्र जीवनमा उहाँले ६५ भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको छ । उहाँले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गर्नु भएको थियो । उहाँको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उहाँले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गर्नु भएको थियो ।
उहाँकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुनुहुन्छ । उहाँहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिनु भएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो ।
भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उहाँले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राख्नु भएको हो । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उहाँले पनि त्यही गर्नु भएको बताइन्छ ।
उहाँको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उहाँलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ