मुम्बइ । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको उहाँको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गर्नुभयो ।
कलाकार दिलिपकुमारका प्रवक्ता फैसल फारुकीले पनि उहाँको निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।
करिब ६ दशक भन्दा बढी समय चलचित्र जीवनमा उहाँले ६५ भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको छ । उहाँले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गर्नु भएको थियो । उहाँको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उहाँले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गर्नु भएको थियो ।
उहाँकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुनुहुन्छ । उहाँहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिनु भएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो ।
भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उहाँले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राख्नु भएको हो । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उहाँले पनि त्यही गर्नु भएको बताइन्छ ।
उहाँको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उहाँलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र