काठमाडौँ । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ ।
“नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धताअन्तर्गतको हो”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?