काठमाडौँ ।कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अपराह्न भएको सङ्क्षिप्त कार्यक्रममा २७ थान भेन्टिलेटर, १५ हजार ४८ थान मुखावरण, एक हजार ८९० वटा प्रयोगपछि परित्याग गर्नुपर्ने पोशाकलगायत सामग्री हस्तान्तरण भएको उक्त मन्त्रालयले आज जनाएको छ ।
कोभिड–१९को दोस्रो लहरको महामारीका बेला त्यसको नियन्त्रण, उपचार र रोकथामका लागि उदारतापूर्वक नेपाललाई समयमै सहायता सामग्री प्रदान गरेकामा मन्त्रालयले सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी