काठमाडौँ ।कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अपराह्न भएको सङ्क्षिप्त कार्यक्रममा २७ थान भेन्टिलेटर, १५ हजार ४८ थान मुखावरण, एक हजार ८९० वटा प्रयोगपछि परित्याग गर्नुपर्ने पोशाकलगायत सामग्री हस्तान्तरण भएको उक्त मन्त्रालयले आज जनाएको छ ।
कोभिड–१९को दोस्रो लहरको महामारीका बेला त्यसको नियन्त्रण, उपचार र रोकथामका लागि उदारतापूर्वक नेपाललाई समयमै सहायता सामग्री प्रदान गरेकामा मन्त्रालयले सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरेको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता