चितवन । कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।
सङ्घद्वारा आयोजित पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले दूग्ध किसान मारमा परेको जनाएको छ । सङ्घका सचिव किशोर बगालेले भन्नुभयो“दूग्ध किसान अहिले चौतर्फि समस्यामा छन्, एक त दूध बिक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलीहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबरजस्ती दूध सङकलन गरिरहेका छन् । ” समस्या देखाएर किसानबाट कम मूल्यमा दूध खरिद गरी उपभोक्तालाई महंगो मूल्यमा बेच्ने काम भइरहेको उहाँले बताउनुभयो । “किसानबाट कम मूल्यमा खरिद गरेर उपभोक्ताले पनि कम मूल्यमा पाए त राम्रो हुन्थ्यो तर त्यस्तो हुन नसक्दा हामी सबै किसान दुखी छौँ । ”सचिव बगालेले भन्नुभयो ।
उहाँका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा रु २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । यसबाट रु ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।
जिल्लामा ११० सहकारी मार्फत दूध सङ्कलन भएर बिक्री हुने गरेको छ । निषेधाज्ञाका कारण दुई सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०÷२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारी बाध्य भएर बन्द भएको सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताउनुभयो । उहाँले दूधमा पछिल्लो समय उद्योगहरुले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको बताउनुभयो । “केही उद्योगहरुले प्रतिलिटर ४० रुपैयाँमा किसानसंग दूध माग्न थालेका छन्, बजारमा चाँही आधा बढीमा बेच्न गरेका छन” उहाँले भन्नुभयो, “उद्योगको खरिद चाहनाले दूधको खपत भइरहेको देखाउँछ तर मौकामा चौका हान्दै उल्टै किसानलाई मारमा पारिरहेका छन् ।”जिल्लामा दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । तीमध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको जनाइएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?