काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताउनुभयो । “कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौँ”, उहाँले भन्नुभयो, “भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ, त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्याउँछौँ ।”
त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुन सकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि शुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानूनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।
परीक्षा नियन्त्रक जोशीका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दशैँ पछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ । दशैँपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उहाँले बताउनुभयो । दशैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दशैँपछाडिको परीक्षामा करीब छ लाख परीक्षार्थी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र
पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताउनुभयो । योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौँ आउने बाध्यता हटेको छ ।
“हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन् त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउने छन् ।”
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?