लण्डन । नेपालमा कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोधबमोजिम संयुक्त अधिराज्य सरकारले पठाएका स्वास्थ्य सामग्री भोलि नेपाल पुग्दैछ ।
बेलायतस्थित नेपाली दुताबासका अनुसार बेलायतले सहयोगस्वरुप दिएको २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्रीहरु तथा १९ हजार २०० फेसशिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको हो। उक्त सामग्री आज बेलायतबाट विमानमार्फत् नेपाल पठाइएको र भोलि बिहान काठमाडौं पुग्ने बताइएको छ।
सो विमानमा साथै नेपालमेड युकेबाट प्राप्त गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सेन्ट्रेटरहरु पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाइएको छ।
नेपाली दुताबासले यसबाहेक अन्य अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोप उपलब्ध गराउनका लागि संयुक्त अधिराज्य सरकारसँग सहयोगका लागि पहल गरिरहेको जानकारी दिएको छ।
विशेषगरी द्विपक्षीय सहयोगअन्तर्गत अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराइदिन विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको बताइएको छ। यसबाहेक अत्यावश्यक सहयोग सामग्री र खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसदका सदस्यहरु, गैरआवासीय नेपाली संघ, बिभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थाहरु सँग भेटघाट, छलफल तथा समन्वय भैरहेको दुताबासले बताएको छ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर