लण्डन । नेपालमा कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोधबमोजिम संयुक्त अधिराज्य सरकारले पठाएका स्वास्थ्य सामग्री भोलि नेपाल पुग्दैछ ।
बेलायतस्थित नेपाली दुताबासका अनुसार बेलायतले सहयोगस्वरुप दिएको २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्रीहरु तथा १९ हजार २०० फेसशिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको हो। उक्त सामग्री आज बेलायतबाट विमानमार्फत् नेपाल पठाइएको र भोलि बिहान काठमाडौं पुग्ने बताइएको छ।
सो विमानमा साथै नेपालमेड युकेबाट प्राप्त गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सेन्ट्रेटरहरु पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाइएको छ।
नेपाली दुताबासले यसबाहेक अन्य अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोप उपलब्ध गराउनका लागि संयुक्त अधिराज्य सरकारसँग सहयोगका लागि पहल गरिरहेको जानकारी दिएको छ।
विशेषगरी द्विपक्षीय सहयोगअन्तर्गत अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराइदिन विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको बताइएको छ। यसबाहेक अत्यावश्यक सहयोग सामग्री र खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसदका सदस्यहरु, गैरआवासीय नेपाली संघ, बिभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थाहरु सँग भेटघाट, छलफल तथा समन्वय भैरहेको दुताबासले बताएको छ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता