बुधबार, वैशाख १ २०७८ | Wed, April 14, 2021
नेपालको समय: १७:५० | UK Time: 13:05

अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

वीनेपाली
२०७७ चैत २२ गते १७:३२

मुम्बई। हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।

उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।

उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ ।

अभिनेता कुमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक