लण्डन । बेलायतमा अक्सफोर्ड-आष्ट्राजेनिकाको कोरोना भाइरसविरुद्धको खोप लगाएका सात जनाको ब्लड क्लटका कारण मृत्यु भएको छ ।
बेलायतको खोप नियामक संस्था मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) ले सोको पुष्टी गरेको हो ।
बेलायतमा २४ मार्चसम्ममा करिब १ करोड ८० लाख मानिसहरुलाई सो खोप दिइएकोमा हालसम्म ३० जनामा मात्र यस्तो समस्या पाइएको र त्यसमध्ये सात जनाको निधन भएको एमएचआरएले जनाएको छ । एमएचआरएले ती व्यक्तिहरुको मृत्यु हुनुमा खोपको कारण हो कि होइन भनेर अझै भन्न सकिने अवस्था नरहेको बताएको छ ।
सो खोपको साइड इफेक्टका बारेमा युरोपका विभिन्न देशहरुमा आलोचना भइरहेको बेलामा बेलायतमा पनि यस्तो समाचार बाहिर आएको हो । तथापि त्यति ठूलो संख्यामा सो खोप दिइएकोमा केही व्यक्तिमा मात्र यस्तो समस्या देखिनु सामान्य नै रहेको बताइएको छ ।
एमएचआरएले सो खोप लगाउँदाको फाइदाको तुलनामा जोखिम नगण्य भएको भन्दै निर्धक्क भई खोप लगाउन अपील गरेको छ ।
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा