काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक/दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
“आज अनौपचारिक बैठक बस्यो । एक/दुई दिनभित्र औपचारिक बैठक बस्दैछ । बैठकको तयारीस्वरुप आजको बैठक बसेको हो । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, विभिन्न राजनीतिक दलसँग भएको वार्ता संवादका विषयमा छलफल भयो”, उहाँले भन्नुभयो, “अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन । विभिन्न राजनीतिक पार्टीहरुसँगको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्क्यौल गर्न केही समय माग गरेका छन् । पार्टीसँग छलफल गरेर निष्कर्षमा पुग्छौँ ।”
वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर गर्दै उहाँले केही प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको बताउनुभयो । “अहिलेको सन्दर्भमा हामीले समर्थन फिर्ता भनेर चिठ्ठी लेखेका छैनौँ”, उहाँले भन्नुभयो, “पार्टीको एकतापछि संविधानको धारा ७६ (१) को सरकार भएको थियो । ७६ (१) को सरकारलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपालाई दुईवटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन, हामीले पनि समर्थन गरेका पनि छैनौँ ।”
बैठकमा पार्टीका सङ्गठानिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापीरूपमा अभियान कसरी लैजाने, राष्टियरूपमा प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्ने बारेमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अब बस्ने स्थायी समिति बैठकले स्थगित पार्टीको केन्द्रीय समितिको बैठक, भेला तथा प्रशिक्षण छिट्टै गर्ने सम्बन्धमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
 बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप