काठमाडौँ। नेकपा (एमाले)ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यताबाट निलम्बन गर्नुभएको हो ।
वरिष्ठ नेता नेपाल र रावललाई सच्चिनका लागि समय दिइएको र आफ्ना क्रियाकलापमा सुधार गरेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई सम्बोधन गर्दै लेख्नुभएको छ, “तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टिकरणको जवाफ दिएको देखियो ।”
पार्टी विरोधी, फाटोवादी र गुटगत क्रियाकलाप नेकपा (एमाले)कै नाममा गरिएको र त्यसलाई आगामी दिनमा निरन्तरता दिईरहनेतर्फ अग्रसरता देखिएको, पार्टीका लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको निलम्बन पत्रमा उल्लेख छ ।
“पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई दशौँ महाविधेशन आयोजक कमिटी सदस्य र पार्टी सदस्यबाटै पार्टीको विधान २०४९(संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको” स्पष्ट पारिएको छ ।
यस्तै, नेता रावललाई स्पष्टिकरणमा सोधिएअनुसार ‘आफ्नो भूलत्रुटीको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो’ भन्ने निलम्बन पत्रमा उल्लेख छ । यस्तै ‘आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्टी भएको यही चैत ८ गते पेश गरिएको स्पष्टिकरणको जवाफमा’ देखिएको उल्लेख छ । केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?